२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

सम्बन्धित सामग्री

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।

आज सार्वजनिक विदा भएकाले मिड सोलुको आईपीओ शुक्रवार देखि विक्री खुला

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आजदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार सार्वजनिक विदा परेकोले शुक्रबार (भदौ २९ गते) देखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सर्वसाधारणमा यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमै विक्दै आएकाले यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको परिचय ः निजी क्षेत्रका उद्यमीहरू मिलेर २०७४ साल वैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत सहभागी गराउने उदेश्यले २०७८ साल असार १६ गते यो कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । कम्पनीमा ६२ जना संस्थापक शेयरधनीहरू रहेका छन् । संस्थापकहरू विद्युत , उर्जा, बैंक तथा वित्तीय, शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय काम गरेका अनुभवि व्यक्तिहरू रहेका छन् । यस कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । रजिष्टर्ड कार्यालय बानेश्वर,काठमाडौंमा रहेको कम्पनीको जलविद्युत केन्द्र भने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ ।  पूँजी संरचना ः यस कम्पनीको अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी भने ५९ करोड ८७ लाख २० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ७४ करोड ८४ लाख कायम हुनेछ । हाल संस्थापक तर्फ जारी पूँजीको ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणतर्फ आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली , कर्मचारी र सामूहिक लगानीकोष समेत २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले बैंकबाट लिएको कर्जा भुक्तानी तथा आयोजना निर्माणको लागि उपयोग गर्ने बताएको छ । वित्तीय अवस्था ः कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रलाई आधार मान्दा वास्तविक अवस्था भने प्रतिशेयर नेटवर्थको मात्र उल्लेख छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय रूपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले ९८ लाख ८८ हजार सञ्चित नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रूपैयाा ६५ पैसा छ । गत आर्थिक वर्ष ०७९/८० सम्म भने ३ करोड २ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ सम्म भने १२ करोड ७० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ ।  सञ्चालक समिति ः यस कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा भीम बहादुर पाल रहेका छन् । ५० हजार कित्ता कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ग्रहण गरेका अध्यक्ष पाल ४४ वर्षका हुन । राष्ट्रिय निर्माण कम्पनी नेपाल तथा एजि पावर कम्पनीमा सिभिल इन्जिनियरको रुपमा कार्यरत अध्यक्ष पाल के. एस कन्ट्रक्सन प्राइभेट लिमिटेडमा सन २००७ देखि हालसम्म प्रबन्धक निर्देशकको पद समेत सम्हालिरहेका छन् । रमेश राज गौतम भने कम्पनीको प्रबन्धक सञ्चालक पदमा छन् । प्रबन्धक सञ्चालक गौतमसँग अर्थ र प्रशासनमा ३० वर्ष काम गरेको अनुभव रहेको छ । सञ्चालकहरूमा भने दिपक राज जोशी र प्रकृति गौतम रहेका छन् । दिपक राज जोशीसँग यस अघि राष्ट्रिय वाणिज्य बैंकमा ३ वर्ष र सन्राइज बैंकमा १२ वर्ष काम गरेको अनुभव छ । हाल उनि ग्लोबल आइएमई बैंकमा सञ्चालकका रुपमा रहेका छन् । प्रकृति गौतम भने विगत ३ वर्षदेखि कृषि उद्योगमा आवद्ध रहेकी छिन  । अर्थमन्त्रालयमा अनुसन्धान परामर्शदाता तथा सल्लाहकारको रुपमा काम गरिसकेकी उनले विगत लामो समय विभिन्न संस्थाहरूमा काम गरेको अनुभव छ । पहिलो कारोबारका लागि कति पाउँला मूल्यरेञ्ज ? धितोपत्र प्राथमिक बजारमा सर्वसाधारणमा विक्री गरेको आईपीओ कम्पनीले कारोबारका लागि भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने आईपीओ नियमित कारोबारका लागि भने स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्दछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता एक सय रूपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रूपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्न लागिएको छ भने दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।  आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । योबाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको छ । दुवै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा साउन २८ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ११ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

मिड सोलु हाइड्रोको विशेष साधारण सभा जेठ २३ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

जेठ १९, काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय कामनपा वडा नं ३१ मा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले कम्पनीको हाल कायम पूँजी संरचना (अधिकृत पूँजी ,जारी पूँजी तथा चुक्तापूँजी) संशोधन गर्ने र सोको लागि कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस