आज सार्वजनिक विदा भएकाले मिड सोलुको आईपीओ शुक्रवार देखि विक्री खुला

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भोलिदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको छ । कम्पनीले आजदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार सार्वजनिक विदा परेकोले शुक्रबार (भदौ २९ गते) देखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सर्वसाधारणमा यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा जारी भएको आईपीओ पहिलो दिनमै विक्दै आएकाले यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको परिचय ः निजी क्षेत्रका उद्यमीहरू मिलेर २०७४ साल वैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई समेत सहभागी गराउने उदेश्यले २०७८ साल असार १६ गते यो कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा रहेको छ । कम्पनीमा ६२ जना संस्थापक शेयरधनीहरू रहेका छन् । संस्थापकहरू विद्युत , उर्जा, बैंक तथा वित्तीय, शैक्षिक क्षेत्र एवम् व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय काम गरेका अनुभवि व्यक्तिहरू रहेका छन् । यस कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । रजिष्टर्ड कार्यालय बानेश्वर,काठमाडौंमा रहेको कम्पनीको जलविद्युत केन्द्र भने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ ।  पूँजी संरचना ः यस कम्पनीको अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी भने ५९ करोड ८७ लाख २० हजार रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ७४ करोड ८४ लाख कायम हुनेछ । हाल संस्थापक तर्फ जारी पूँजीको ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणतर्फ आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली , कर्मचारी र सामूहिक लगानीकोष समेत २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट संकलित रकम कम्पनीले बैंकबाट लिएको कर्जा भुक्तानी तथा आयोजना निर्माणको लागि उपयोग गर्ने बताएको छ । वित्तीय अवस्था ः कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रलाई आधार मान्दा वास्तविक अवस्था भने प्रतिशेयर नेटवर्थको मात्र उल्लेख छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय रूपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले ९८ लाख ८८ हजार सञ्चित नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रूपैयाा ६५ पैसा छ । गत आर्थिक वर्ष ०७९/८० सम्म भने ३ करोड २ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ । चालू आर्थिक वर्ष ०८०/८१ सम्म भने १२ करोड ७० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ ।  सञ्चालक समिति ः यस कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा भीम बहादुर पाल रहेका छन् । ५० हजार कित्ता कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ग्रहण गरेका अध्यक्ष पाल ४४ वर्षका हुन । राष्ट्रिय निर्माण कम्पनी नेपाल तथा एजि पावर कम्पनीमा सिभिल इन्जिनियरको रुपमा कार्यरत अध्यक्ष पाल के. एस कन्ट्रक्सन प्राइभेट लिमिटेडमा सन २००७ देखि हालसम्म प्रबन्धक निर्देशकको पद समेत सम्हालिरहेका छन् । रमेश राज गौतम भने कम्पनीको प्रबन्धक सञ्चालक पदमा छन् । प्रबन्धक सञ्चालक गौतमसँग अर्थ र प्रशासनमा ३० वर्ष काम गरेको अनुभव रहेको छ । सञ्चालकहरूमा भने दिपक राज जोशी र प्रकृति गौतम रहेका छन् । दिपक राज जोशीसँग यस अघि राष्ट्रिय वाणिज्य बैंकमा ३ वर्ष र सन्राइज बैंकमा १२ वर्ष काम गरेको अनुभव छ । हाल उनि ग्लोबल आइएमई बैंकमा सञ्चालकका रुपमा रहेका छन् । प्रकृति गौतम भने विगत ३ वर्षदेखि कृषि उद्योगमा आवद्ध रहेकी छिन  । अर्थमन्त्रालयमा अनुसन्धान परामर्शदाता तथा सल्लाहकारको रुपमा काम गरिसकेकी उनले विगत लामो समय विभिन्न संस्थाहरूमा काम गरेको अनुभव छ । पहिलो कारोबारका लागि कति पाउँला मूल्यरेञ्ज ? धितोपत्र प्राथमिक बजारमा सर्वसाधारणमा विक्री गरेको आईपीओ कम्पनीले कारोबारका लागि भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने आईपीओ नियमित कारोबारका लागि भने स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्दछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता एक सय रूपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रूपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।   

सम्बन्धित सामग्री

आज सार्वजनिक विदा

काठमाडौं, जेठ ११ । सरकारले आज बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले भोटो जात्राको अवसरमा उपत्यकामा तीन वटै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक विदा दिएको हो । हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ ।

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा

१८ कात्तिक, नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुर)का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् । कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको […]

आज सुन्दरबजार नगरपालिकामा सार्वजनिक विदा

लमजुङको  सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका(७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्ष

सुदूरपश्चिममा ओल्के मनाइँदै, प्रदेशमा आज सार्वजनिक विदा

कैलाली : सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ। यस अवसरमा आज प्रदेशमा सार्वजनिक विदा दिइएको छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि…

असार २६ गते सार्वजनिक विदा

सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक विदा

सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१८ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ […]

आज काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा

काठमाडौं : सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। विदाको कारण उपत्यकाभित्रका सबै सरकारी तथा केही निजी कार्यालयहरु बन्द छन्। आज उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।

आज देशभरि सार्वजनिक विदा

सरकारले आज देशभरि सार्वजनिक विदा दिएको छ। कृष्ण जन्माष्टमीको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो।

गाईजात्रामा मुलुकभरका नेवार समुदायलाई सार्वजनिक विदा

काठमाडौं । गाइजात्राको दिन भदौ ७ गते मुलुकभरका नेवार समुदायलाई सरकारले सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘विसं २०७८ साल भदौ ७ गतेका सोमवारका दिन गाईजात्रा पर्वको अवसरमा नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक विदाका अतिरिक्त मुलुकभर नेवार समुदायका लागि सार्वजनिक विदा दिने’ नेपाल सरकार […] The post गाईजात्रामा मुलुकभरका नेवार समुदायलाई सार्वजनिक विदा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.