आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न मिड सोलु हाईड्रोपावरले जेठ २३ मा बोलायो विशेष साधारण सभा

जेठ ८, काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ । कम्पनीले सभा कम्पनीका रजिष्टर्ड कार्यालय कामनपा वडा नं ३१ मा बिहान ११ बजे गर्ने जानकारी दिएको छ। सभाले कम्पनीको हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा  आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले पूँजी वृद्धि पछि सोही बमोजिम आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।