अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि

अहिले नेपाली चिनी उद्योगले उत्पादन गरिरहेका छन् । चिनीको माग पनि यो समयमा कमै हुन्छ । तर, यसैबेला चिनीको मूल्य बढेर प्रतिकेजी एक सय रुपियाँ पुुगेको छ । चिनीको बजार सन्तुलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिँदै जाँदा चिनीको बजार उद्योगी/व्यापारीको हातमा पुगेको हो । चालू आर्थिक वर्ष सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुदानको चिनी आयात गर्न अनुमति नदिएकाले बजारमा चिनी उद्योगी तथा व्यापारीको मनपरी बढेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित सामग्री

बजारमा चिनी अभाव

काठमाडौं । दशैं नजिकिँदै गर्दा बजारमा जताततै चिनीको कृत्रिम अभाव चुलिएको छ । सामान्य अवस्थामा भन्दा धेरै चिनी खपत हुने समयमा सहुलियतको चिनी आयात र विक्रीवितरण गर्ने जिम्मा पाएका सरकारी कम्पनीसँग चिनी छैन । दशैंअघि सरकारी अनुदानको चिनी आउने सम्भावना पनि छैन ।  सरकारसँग चिनी नभएको मौका छोपेर व्यापारीले कृत्रिम अभाव गराई जथाभावी मूल्यवृद्धि गरेका छन् । केही दिनअघिसम्म प्रतिकिलो १ सय ३० रुपैयाँ खुद्रा मूल्य तोकेको खुद्रा व्यापार संघले अहिले चिनीको मूल्य नै तोक्न छोडेको जानकारी दिएको छ । संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले चिनीको कृत्रिम अभाव गराएर खुद्रा व्यापारीलाई दिनै छाडेपछि संघले चिनीको मूल्य नतोकेको बताए । ‘हामीसँग पनि चिनी छैन । कोही व्यापारीले पहिले नै किनेको चिनी बचेको छ भने उसले बेचिरहेको छ । ठूला व्यापारीले हामीलाई चिनी दिँदैनन् भने मूल्य मात्रै तोकेर पनि के गर्ने ?’ उनले भने । संघले मूल्य नतोकेपछि बजारमा चिनीको भाउमा झन् अराजकता सृजना भएको छ । पसलेहरूले मनोमानी रूपमा १ सय ३५ देखि १ सय ४० रुपैयाँ किलोसम्म मूल्य राखेर चिनी विक्री गरिरहेको पाइएको छ । बिहीवार काठमाडौंको असनमा चिनी किन्न आएका सुरेश शर्माले ४–५ ओटा पसल चाहारेर बल्लबल्ल १ सय ४० रुपैयाँ किलोमा एक किलो किनेको किनेको बताए । बजारमा चिनीको कृत्रिम अभाव भएर मूल्यमा अराजकता सृजना भइरहँदा सरकारी अनुदानको चिनी दशैंअघि आउने सम्भावना निकै न्यून रहेको सरोकारवाला बताउँछन् । बजारको अराजकतालाई नियन्त्रण गर्न सरकारले गत साउन ५ मा जीटूजी प्रक्रियामार्फत भारतबाट ५० हजार टन चिनी आयात गर्न कूटनीतिक पहल गरे पनि भारतीय पक्षबाट हालसम्म त्यसको कुनै प्रतिक्रिया नआएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए । उनका अनुसार भारतीय पक्षले अहिलेसम्म त्यसमा कुनै चासो नदेखाएका कारण दशैंअघि जीटूजीमार्फत चिनी आउने कुरा अनिश्चित जस्तै छ । यसबाहेक चाडबाडलाई लक्ष्य गर्दै मन्त्रालयले भन्सार छूटमा ६० हजार टन चिनी आयात गर्न गरेको प्रस्तावमा अर्थ मन्त्रालयले भदौ अन्तिम साता २० हजार टनको अनुमति दिएको थियो । भन्सार महशुलमा ५० प्रतिशत छूट दिने निर्णयअनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने निर्णय भएको छ । यी दुवै संस्थाले आयात गर्ने भनिएको चिनी पनि दशैंअघि नै आयात हुने सम्भावना निकै न्यून रहेको बताइएको छ ।  व्यापारीले गरे जथाभावी मूल्यवृद्धि   दशैंसम्म सहुलियतको चिनी आउने सम्भावना न्यून खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले दिएको जानकारीअनुसार कम्पनीले चिनी किन्नका लागि असोज १० मा ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको छ । तर, दशैं शुरू हुन अब १० दिनमात्रै बाँकी छ । यस हिसाबले दशैंअघि सहुलियतको चिनी नआउने पक्का छ । ‘हामीले अहिलेको यो अवस्था आउन नदिन आपूर्ति मन्त्रालयमार्फत बेलैमा चिनी खरीदका लागि अर्थ मन्त्रालयसँग अनुमति माग गरेका थियौं । तर, अर्थले ढिलोगरी अनुमति दिँदा चाहेर पनि हामीले दशैंअघि चिनी ल्याउन नसक्ने भयौं,’ उनले आर्थिक अभियानसँग भनिन् । अर्थले ढिलो गरी खरीद अनुमति दिएपछि फास्ट ट्र्याकमार्फत चिनी आयात गरी दशैंअघि नै ल्याउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनले १५ दिने सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । सोको म्याद शनिवार सकिँदै छ । तर पनि दशैंअघि चिनी आउने/नआउने अन्योल कायमै रहेको साल्ट टे्रडिङका अधिकारी बताउँछन् । साल्ट टे्रडिङका विभागीय प्रमुख व्रजेश झाले दशैं आउन अब १० दिन मात्रै बाँकी रहेकाले दशैंअघि सहुलियतको चिनी आउने/नआउनेबारे अहिले नै केहि भन्न नसकिने बताए । ‘टेन्डर कसलाई पर्छ भन्ने कुरामा पनि भर पर्छ । भारतीय कम्पनीलाई टेन्डर परे त १ दिनमै पनि चिनी आउँछ । टेन्डर नै नपर्न पनि सक्छ अहिले नै केही भन्न सकिने अवस्था छैन । हामीले प्रयास गर्ने हो तर आउँछ नै भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

‘चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत’

काठमाडौं । नेपालले उपभोगका लागि आवश्यक पर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्ने गरेको छ । तर भारत सरकारले अहिले आफूसँग सञ्चित चिनी देशभित्रकै आपूर्तिका लागि चाहिने भन्दै निर्यातमा प्रतिबन्ध लगाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए त्यसको ठूलो असर नेपालमा समेत पर्नेछ । नेपालमा चिनी प्रत्यक्ष उपभोगका अतिरिक्त चकलेट, बिस्कुट, मिठाई, आइसक्रिम, जुस, पेयपदार्थ, बेकरी आइटम लगायतका उद्योगमा बढी खपत हुन्छ । प्रत्यक्ष उपभोग र औद्योगिक प्रयोजनका लागि गरेर नेपाललाई अहिले २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्दछ । देशभित्रका उद्योगबाट १ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । अपुग १ लाख २० हजार मेट्रिक टन चिनी विभिन्न मुलुकबाट आयात हुने गरेको छ, जसको ९० प्रतिशत आयात भारतबाट हुने गरेको छ । नेपाल बिस्कुट उद्योग संघका अध्यक्ष ओमनाथ महर्जन नेपालमा चिनी मागको आधा मात्र उत्पादन हुने भएकाले भारतले निर्यातमा प्रतिबन्ध लगाए ठूलो असर पर्ने बताउँछन् । ‘नेपालमा चिनीको मागभन्दा आपूर्ति कम हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाए मूल्य थप बढ्छ,’ उनले भने । उनका अनुसार भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए अहिले नेपाल सरकारले अन्य मुलुकबाट आयातित चिनीमा लगाइरहेको भन्सार शुल्क घटाउनु वा हटाउनुपर्दछ । यस्तो भएमा तेस्रो मुलुकबाट आयात हुने चिनीको मूल्य घट्ने र परिमाण बढेर आपूर्ति सहज हुने उनको भनाइ छ । यसैगरी नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका उपाध्यक्ष अरनिको राजभण्डारी भारतमा चिनीको आयातमा प्रतिबन्धले कच्चापदार्थको भाउ बढ्ने बताउँछन् । ‘यसले स्वाभाविक रूपमा उत्पादित वस्तुको भाउ पनि बढ्छ,’ उनले भने । प्रतिबन्ध लागेमा चिनीको भाउ कम्तीमा पनि २०/२५ प्रतिशतले बढ्ने उनले बताए । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाए कूटनीतिक माध्यमबाट भए पनि आयात सुचारु राख्न पहल गर्नुपर्नेमा उनले जोड दिए । कतिपय अन्य वस्तुको हकमा नजिकको सम्बन्धको आधारमा भारतले नेपाललाई विशेष सहुलियत दिएकाले चिनीमा पनि त्यस्तो सम्भावना रहेको समेत उनले बताए । भारतीय सञ्चारमाध्यमका अनुसार भारतसँग अहिले २ करोड ७५ लाख टन चिनी छ, जुन उसको आन्तरिक खपतका लागि आवश्यक पर्छ । चिनी बढी नरहेको अवस्थामा निर्यात गर्दा देशभित्र मूल्यवृद्धि हुने भएकाले भारत सरकारले निर्यात प्रतिबन्धको तयारी गरेको बताइएको छ । भारतमा यही वर्ष विभिन्न राज्यको विधानसभा र सन् २०२४ मा लोकसभा चुनाव हुँदै छ । महँगी बढ्दा यसले निर्वाचनमा क्षति बेहोर्नुपर्ने डर त्यहाँको सत्तारूढ दलको छ ।

चिनीको मूल्यवृद्धि: व्यापारीसँग विभागले सोध्यो स्पष्टीकरण

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्यवृद्धिका विषयमा व्यापारीसँग स्पष्टीकरण सोधेको छ । विभागले चिनीको अस्वाभाविक मूल्यवृद्धिको कारण पेस गर्न व्यापारीलाई स्पष्टीकरण सोधेको हो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । हाल अत्यधिक रूपमा बजारभाउ अकासिएर […] The post चिनीको मूल्यवृद्धि: व्यापारीसँग विभागले सोध्यो स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारकै कमजोरीले चिनीको मूल्य अनियन्त्रित

काठमाडौं । पछिल्लो समय चिनीको मूल्यवृद्धि नियन्त्रण हुन नसक्नुमा सरकारकै कमजोरी देखिएको छ । सरकारी अनुदानको चिनी खरीदविक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसँग चिनी खरीदको अनुमति मागेको करीब डेढ वर्ष भइसके पनि सरकारले अनुमति नदिएकाले मूल्य अनियन्त्रित भएको सरोकारवाहरूको भनाइ छ । साल्ट ट्रेडिङले करीब १५ महीनाअघि भन्सार छूटमा ५० हजार मेट्रिकटन चिनी खरीदको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । उद्योग मन्त्रालयले बजेट निकासा लगायत अन्य प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पेश गरेको भए पनि हालसम्म अर्थबाट कुनै काम अघि बढेको छैन । खरीद प्रक्रिया रोकिँदा साल्ट ट्रेडिङसँग सरकारी अनुदानको चिनी सकिएर बजारमा बजार मूल्य अनियन्त्रित भएको बताइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीका अनुसार अहिले कम्पनीसँग १०० मेट्रिकटन मात्र चिनी मौज्दात छ । उपभोक्ताको मागबमोजिम विक्री गर्ने हो भने यो मौज्दातले एक दिनलाई पनि नपुग्ने भएकाले मौज्दात शून्यमा झर्न नदिन खुद्रा ग्राहकलाई मात्र चिनी बेच्दै आएको उनले बताए । सरकारी अनुदानको चिनी विक्री गरेर बजार मूल्यमा हस्तक्षेप गर्ने निकायसँग चिनी नहुँदा त्यसको प्रत्यक्ष लाभ बिचौलिया तथा ठूला व्यापारिक वर्गले उठाइरहेका छन् । अघिल्लो वर्षको पुसपछि चिनीको खुद्रा मूल्य प्रतिकिलो १५ रुपैयाँ बढेर १ सय रुपैयाँ कायम भइसकेको छ । मूल्य निरन्तर उकालो लागिरहेको भए पनि सरकारी पक्ष भने यसमा मौन देखिएको छ । आपूर्ति मन्त्रालयले यसबारे आफूहरूले अर्थलाई पटक पटक ताकेता गरे पनि कुनै प्रतिक्रिया नआएको बताएको छ । यस्तै अर्थले प्रक्रिया अघि बढिरहेको बताएको छ । अनियन्त्रित मूल्यका कारण साना तथा खुद्रा व्यापारीलाई चिनी विक्री गर्नसमेत समस्या भएको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले बताए । उनका अनुसार अहिले व्यापारीले आफूले किनेको चिनीमा नाफा राखेर बेच्नुपर्दा प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने अवस्था छ । ‘हामीले किन्दा नै प्रतिकिलो ९५ रुपैयाँसम्म पर्ने गरेको छ । तर हामीले ५ रुपैयाँ मात्र नाफा राखेका छौं,’ उनले भने । आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १२ करोड रुपैयाँको चिनी आयात भएकोमा गत आर्थिक वर्षमा करीब तीन गुणा बढेर १२ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ । नेपालमा निजीक्षेत्रबाट ठूलो परिमाणमा चिनी आयात भइरहेकोमा सरकारी स्वामित्वको कम्पनीले खरीद अनुमति समेत नपाउने अवस्था आउनु दुःखद भएको उपभोक्ताको गुनासो छ ।

चिनीलगायतको कालोबजारी नियन्त्रण गर

उखु फसल लिने र चिनी उत्पादन गर्ने माघ महिनामै चिनीको मूल्य बढेर प्रतिकेजी १ सय रुपैयाँ पुगेपछि उपभोक्ता आक्रोशित बनेका छन् । चिनीको अत्यधिक माग हुने दसैंतिहारको समयमा समेत यसरी मूल्यवृद्धि भएको थिएन । त्यतिबेला ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कायम भएको चिनीको मूल्य अहिले प्रतिकेजी थप १० रुपैयाँले वृद्धि भई १ सयका दरले बजार […] The post चिनीलगायतको कालोबजारी नियन्त्रण गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

चिनीको मूल्यवृद्धि अस्वाभाविक !

चार/पाँच महिनायता चिनीको भाउ अस्वाभाविक रूपमा वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै साउनयता क्रमशः बढ्दै अहिले चिनी प्रतिकेजी १०० रुपियाँमा किनबेच भइरहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार असारसम्म प्रतिकेजी चिनीको मूल्य ७५ रुपियाँमा कारोबार भएको चिनी अहिले प्रतिकेजी एक सय रुपियाँ पुगेको छ । बढी चिनी खपत हुने दशैँ, तिहारमा बरु चिनीको भाउ ८५/ ९० रुपियाँभन्दा माथि गएको थिएन ।

चिनीमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञासँगै बजारमा चिनीको मूल्य बढेको हो । निषेधाज्ञाको बेला चिनी उद्योगले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गराएका हुन् । यसअघि प्रतिकेजी ८० रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य बढेर ९० रुपैयाँ पुगेको छ ।निषेधाज्ञा सुरु हुनुभन्दा पहिला उद्योगीले उद्योग वाणिज्य तथा […]

चिनीको मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न माग

राष्ट्रिय उपभोक्ता मञ्चले  चिनीको  अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न भन्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । कोभिडको दोस्रो लहर भयावह बनिरहेका बेला दैनिक  उपभोग्य वस्त चिनीको मूल्य अत्यधिक बढेको भन्दै कालोबजारीलाई कारबाही गर्न मञ्चले आग्रह गरेको हो । अहिले देशको राजधानीमै प्रतिके...

चिनीको मूल्य तत्काल नबढ्ने - Naya Patrika

सर्वोच्च अदालतले चिनीको भन्सार शुल्क मूल्यवृद्धि गर्ने निर्णयमा तत्काल रोक लगाउन जारी गरेको आदेश खारेज गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार सरकारले दायर...पूरा पढ्नुहोस् »