बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले विवादमा तानिएको मोतीपुर औद्योगिक क्षेत्रका कारण कसैलाई विस्थापित गर्न बाध्य नपार्ने बताएका छन्। मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा स्थानीयलाई विस्थापित नगराउने उनले बताए। आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले स्थानीयलाई विस्थापित नगरी औद्योगिक क्षेत्र निर्माण गर्ने […]