८ भदौ, रसुवा । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए । सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए । नेपाल […]