भारी वर्षासँगै आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो । नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ ।राजमार्ग अवरूद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिक रूपमा पर्ने बिरामीसमेत जिल