रसुवा – पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्तीनजिकै करिब ७० मिटर सडक क्षति हुँदा सो मार्ग अवरुद्ध भएको थियो। सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात […]