कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । आइतबार आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने भने नेता थापा अर्का केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

कस्तो होला लेखक र पालको प्रतिस्पर्धा ?

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दुई युवा नेता प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसका रमेश लेखक र एमालेकी नीरुदेवी पालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।लेखक कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिन्छन् । शान्ति प्रक्रियादेखि संविधान निर्माणका काममा उनले विभिन्न समितिमा बसेर काम गरेका छन् । यतिमात्रै होइन उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । उनी पटकपटकमन्त्री समेत भइसकेका छन् ।

सुदूरपश्चिम- जो ५ वर्षपछि फेरि आमनेसामने हुँदैछन्

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र नम्बर २ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरू ५ वर्ष पछि फेरि आमनेसामने हुने भएका छन् । अछाम-२ र कञ्चनपुर-२ मा एमालेसँग कांग्रेसमा उनै उम्मेदवारहरू फेरि मैदानमा भिड्ने भएका हुन् । यी दुवै क्षेत्रमा यस अघि एमालेले जितेको थियो । बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटीले २१ हजार ९६५ मत […]

विप्लव समूह छाडेर कांग्रेसमा प्रवेश गरे नेता कार्यकर्ता

काठमाडाैं : नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी

कञ्चनपुरमा कांग्रेस र माओवादीबीच ‘ठूलै विवाद’ : केन्द्रले हस्तक्षेप गर्दै

काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भए पनि जिल्लामा भने समस्या देखिएको छ । खासगरी जिल्लामा नेपाली कांग्रेसका विभिन्न समितिले गठबन्धन नगर्ने बताएपछि चुनावमा कार्यगत एकतामा समस्या देखिएको हो । कञ्चनपुर नेपाली कांग्रेसमा नेता रमेश लेखक र एनपी साउदको गृह जिल्लासमेत हो । कञ्चनपुरमा नौवटा स्थानीय...

कांग्रेस महाधिवेशन: कञ्चनपुरमा संस्थापनकै दुई प्यानल

कञ्चनपुर कांग्रेसमा जिल्ला अधिवेशनका लागि संस्थापन पक्षकै दुई गुट भिडेका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएका हुन् । शनिबार मतदान हुने कार्यक्रम छ । जिल्ला सभापतिका लागि पदम बोगटी र बहादुरसिंह थापाले उम्मेदवारी दिएका छन् । बोगटी लेखकनिकट हुन् भने थापा साउद प्यानलका हुन् । साउदलाई अर्का नेता दिवान बिष्टले पनि साथ दिएका छन् ।

कञ्चनपुर कांग्रेसमा सभापति नै हारे महाधिवेशन प्रतिनिधिमा, यी हुन् निर्वाचितहरु

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए ।

रमेश लेखकको निर्वाचन क्षेत्रका ३०० जना कांग्रेसमा प्रवेश

कञ्चनपुर, असोज १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र कंचनपुर ३ को दोधरा चादनी नगरपालिकामा ३०० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, माओबादी र राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन। नेपाली कांग्रेस दोधरा चादनी नगर समिती द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बीच नेता लेखकले नव प्रबेशीहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता […]

कञ्चनपुरको बेलौरीमा दुई सय नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी भित्रको चरम बिवाद र बिभाजनको स्थितिबाट दिक्क भएका कार्यकर्ताहरु देशभर नेकपाको बिकल्प खोज्न थालेको अबस्थामा कञ्चनपुरमा एकै दिन दुई सय कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा नेकपा भित्र चुलिएको बिवाद र आपसी खिचातानीबाट देशको लोकतन्त्रनै धरापमा पर्न सक्ने भन्दै अहिलेसम्मकै ठुलो संख्यामा नेकपा छोडेर कांग्रेस प्रवेश गरेको बताएका छन् ।