कस्तो होला लेखक र पालको प्रतिस्पर्धा ?

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दुई युवा नेता प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसका रमेश लेखक र एमालेकी नीरुदेवी पालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।लेखक कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिन्छन् । शान्ति प्रक्रियादेखि संविधान निर्माणका काममा उनले विभिन्न समितिमा बसेर काम गरेका छन् । यतिमात्रै होइन उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । उनी पटकपटकमन्त्री समेत भइसकेका छन् ।