फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले