सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,