विराटनगरमा नाम मात्रैको गठबन्धन

विराटनगर महानगरपालिकामा पाँचदलीय गठबन्धन नाम मात्रको देखिएको छ। सरकारमा सहभागी ५ वटा दलले गठबन्धन गरेको भनिए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन व्यवहारिक रुपमा देखिएको छैन।...

सम्बन्धित सामग्री

प्रदेशको नाम कोशी लेख्न समाजवादी मोर्चालाई सकस

२५ भदौ, विराटनगर । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय सन्देश सभा’ मात्र लेखियो । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी […]

कोसी नाम खारेजी आन्दोलन : ४० राउन्ड हवाई फायर, ६२ घाइते

कोसी प्रदेश नाम खारेज गरी पुनः नामकरण गर्नुपर्ने भन्दै पहिचानवादी पक्षधरले आइतबारदेखि विराटनगरमा प्रदर्शन थालेका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दिनभर विराटनगर तनावग्रस्त बन्यो । झडपमा परी ३७ जना प्रहरी...

विराटनगरमा आदिवासीले सडकमा नाचेर मनाए उभौली

विराटनगर : किराँतहरुको महान पर्व उभौली विराटनगरमा बसोबास गर्ने राई, लिम्बू र याख्खा जातिहरुले सडकमा  मनाएका छन्।किराँत याक्थुङ चुम्लुङ,  किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा आज (शुक्रबार) विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाएका हुन्।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशको नाम फेर्नुपर्ने माग राख्दै पहिचान पक्षधर सडक  आन्दोलनमा छन्।सधैँ जस्तो हुँदो हो त किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ र याख्खा छुम्म

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।...

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो।...

प्रदेश १ को नाम अब चमत्कार भएमात्रै आउँछ : मन्त्री आङ्बो

प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै

‘पहिचान बिनाको प्रदेश मान्दैनौं’ नारासहित विराटनगरमा प्रदर्शन (तस्वीरमा)

विराटनगर : ३२ वटा पहिचानवादी संगठनले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्।विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि  पहिचानवादी संगठनहरूले बिहीबार प्रदर्शन गरेका हुन् । ‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए।प्रदर्शनमा पहिचानवादी विभिन्न ३२ संगठनका नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।

लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

आफ्नो कार्यकालमा प्रदेशको नाम राख्न नसक्दा खिन्न छु : शेरधन राई

विराटनगर : प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा खिन्न भएको बताएका छन्।विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा सन्तुष्ट नभएको बताउँदै उनले यही अधिवेशनबाट नाम तय गर्नुपर्नेमा जोड दिएका छन्।उनले नाम मुख्यमन्त्रीले तोक्ने विषय नरहेको तथा प्रदेशसभाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले र दुई तिहाइको बहुमतले पारित गर्नुपर्ने भएका कारण पनि नाम टुंगो लगाउन नसकेको बताउँदै उनले राजधानी टु

किरात धर्मगुरु अङसीमाङकाे सुझाव : ‘प्रदेश १ काे नाम किरात सगरमाथा राखाैँ’

विराटनगर- किरात धर्मगुरु महिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङले प्रदेश १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा धर्मगुरु सेइङका निजी गुरु एवं प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेशको नाम ‘किराँत सगरमाथा’ नामाकरण गरिए उचित र निर्विवादित हुने बताए। प्रवक्ता चाम्लिङले पत्रकार सम्मेलनका क्रममा किरात धर्मगुरु सेईङले प्रदेशको नाम किरात र […]