काठमाडौं : करारका कर्मचारी हटाउने निर्णयसँगै एकैपटक ६८ जना कर्मचारी कटौती भएपछि सेवा प्रभावित भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल गरेको छ।सोमबार मन्त्रालयमा भएको छलफलमा रोकिएको सेवा सञ्चालन गर्न कर्मचारी थप गर्ने विषयमा छलफल भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।उनका अनुसार कर्मचारी थपेर रोकिएको सेवा पुनः विस्तार गर्नेबारे मन्त्रालय सकारात्मक रूपमा अघि बढेको छ। मन्त्रालयको निर्णय अनुसार अस्पतालमा साउन १ गतेदेखि हाल ६८ जना करार