महेन्द्रनगर- दिल्ली बस सेवा पुनः सञ्चालन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर–नयाँ दिल्ली नेपाल भारतमैत्री बस सेवा पुनः सञ्चालन भएको छ। कोरोनाको संक्रमणका कारण १९ महिनादेखि बन्द भएको बस सेवा शुक्रवारदेखि पुनः सुरु भएको हो।भारतको उत्तरप्रदेश परिवाहनको बस यात्रु बोकेर महेन्द्रनगर आइपुगेको छ। बसलाई महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तसहितका बस व्यवसायीहरुले स्वागत गरेका छन्।शुक्रबार बिहान आइपुगेको बसले साँझ ६० जना यात्रु बोकेर नयाँ दिल्लीतर्फ प्रस्थान गरेको अध्यक्ष पन्तले बताए। बसको परमिट बनाई एक दुई दिनभित्रै महेन्द्रनगरबाट

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अमेरिकाले नेपालका साना तथा मझौला उद्योगहरुको विकासका लागि साढे १६अर्ब रुपैयाँ ऋण दिने भएको छ।गत वर्षको तुलनामा राजश्व संकलन ११ प्रतिशतले वृद्धि भएको छ। विश्व बैंकले इजरायल–हमास युद्ध नरोकिए कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १५७ डलरसम्म पुग्नसक्ने बताएको छ।नेपालको जलविद्युतमा लगानी भित्र्याउन बेलायतमा लगानीसम्मेलन हुँदैछ। दसैँपछि रोकिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालन हुने भएको छ।

डाेटीमा दिपायल-सिलगढी नगर बस पुनः सञ्चालन

डोटी । एक महिनादेखि बन्द रहेको दिपायल-सिलगढी नगर बस सेवा पुनः सञ्चालनमा आएको छ । नगरपालिकाले ५ वर्षअघि तीन वटा नगर बस सञ्चालनमा ल्याएको थियो । तीनवटै बस एकैसाथ बिग्रिएपछि एक महिनादेखि सेवा बन्द थियो । नगर बस बन्द हुँदा यात्रुलाई सास्ती भएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना गरिएको थियो । यसपछि नगरपालिकाले दुइटा […]

नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

बाँके । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती बेहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपाली धेरै ठाउँमा ठगिने गरेका थिए । बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । नेपालगञ्जबाट स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो संख्यामा नेपाली नागरिक भारतको लखनउ जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । रासस

जनकपुरधाम-पटना बस सेवा शनिबार फेरि सुरु हुँदै

जनकपुरधाम : जनकपुरधामदेखि भारतीय राज्य बिहारको राजधानी पटनासम्म चल्ने नेपाल–भारत मैत्री बस सेवा फेरि सुरु हुने भएको छ। २० महिनासम्म स्थगित रहेको जनकपुरधाम–पटना बससेवा भोलि शनिबार पुनः सञ्चालन हुन लागेको हो।कोरोना महामारीका कारण गत वर्ष चैत ३ गते बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।चौधरीले एसी सुविधायुक्त बस प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे पटनाका लागि छुट्

डेढ वर्षपछि खुल्यो नेपाल–भारत मैत्री बस

नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन भएको छ । कोरोना संक्रमणको महामारी सुरु भएयता उक्त बस सेवा झन्डै डेढ वर्षदेखि बन्द थियो । भारतको उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट शुक्रबार बिहान यात्रुसहित महेन्द्रनगर आइपुगेको छ । यात्रु, चालक र सहचालक सबैलाई स्वास्थ्य जाँचको मापदण्ड पूरा गरेर भित्र्याइएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्तले बताए ।

डाँडागाउँको यातायात पुनः सञ्चालन

वर्षाका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् । डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५÷३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताउनुभयो । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ ।