सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनः सञ्चालन

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनः सञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले […]

सम्बन्धित सामग्री

बैतडीमा सञ्चार सेवा पुनः सञ्चालन

अप्टिकल फाइबरको तार काटिँदा ४ दिनदेखि अवरुद्ध बैतडी र दार्चुलाको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ ।  बैतडीको खोड्पे र पाटनको बीचमा अप्टिकल फाइबर काटिँदा गत सोमवारदेखि सञ्चार सेवा अवरुद्ध भएको थियो । अप्टिकल फाइबर मर्मतको काम सकिएसँगै मोबाइल तथा साधारण फोन सेवा र इन्टरनेट पुनः सञ्चालन भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए ।