काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको छ । बैठकले मुख्यगरी तीन विषयमा छलफल गरी निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला जिल्लामा शुक्रबार राती गएको बाढी पहिरोमा परि घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ […]