केन्द्रीय सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि गृह सचिव टेकनारायण पाण्डेले बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित रहेको जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले बताए । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे,