सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सोमबारको बैठकमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षाबारे हालसम्म भएका कामको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।निर्वाचनको प्रचार प्रसारमा हुने सम्भावित घटनाबारे सुरक्षा समितिमा छलफल गरिएको छ । बैठकमा गृहमन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भएका काम प्रशंसायोग्य रहेको बताउँदै शान्तिपूर्ण निर्वाचन गराउन कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूल