२ असार, इस्लामावाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुसर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने बुधबार पाकिस्तानी सेनाले बताएको छ । उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुसर्रफ दुबईमा रहेको र उनको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो […]