वासिङ्टन– अमेरिकी रक्षामन्त्री लोयड अस्टिन मूत्राशयसम्बन्धी समस्याको उपचारका लागि दुई दिनको अस्पताल बसाइपछि मंगलबार अस्पतालबाट घर फिर्ता (डिस्चार्ज) भएको पेन्टागनले जनाएको छ । अस्टिनलाई उत्तरी वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट अपराह्न डिस्चार्ज गरिएको छ। उनले आफ्नो सम्पूर्ण जिम्मेवारी सम्हाल्न पुनः सुरु गरेको पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२३ को […]