तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका घाइतेमध्ये दुई जना उपचारपछि घर फिर्ता भएका छन् । साराङघाटबाट धरमपानीतर्फ आउँदै गरेको जीप दुर्घटनामा घाइते भएका आठ जनामध्ये दुई जना भरतपुर अस्पतालमा उपचारपश्चात् घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा...