बागमती प्रदेशका विपक्षी दलका सांसदहरुले सेक्युरियटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिशनको चलखेल भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेस खरिदको क्रममा कमिशनको कुरा गरेको अडियो प्रधानमन्त्रीले दुई महिनाअघि नै प्राप्त गर्दासमेत गुपचुप राख्नुले यस काण्डमा प्रधानमन्त्रीकोसमेत संलग्नता हुनसक्ने भन्दै छानविन गरिनुपर्ने धारणा राखेका हुन् ।