सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्न माग गरे। कांग्रेसले अडियो प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग समेत गरेको छ।