जलविद्युत-पर्यटनमा सम्भावना खोज्दै इप्पान र रैथाने, 'क्याम्प हाउसलाई होमस्टे बनाऔं'

काठमाडौं । नेपालमा जलविद्युत पर्यटन प्रवर्द्धनका लागि जलविद्युत आयोजनाका ‘क्याम्प हाउस’लाई होमस्टे बनाउन सकिनेबारे छलफल भएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र रैथाने एग्री प्रोडक्टस प्रालिले शनिवार गरेको जलविद्युत-पर्यटन सम्भावनासम्बन्धी एक कार्यक्रममा जलविद्युत आयोजना निर्माण गर्दा बनाइएका कर्मचारी आवास (क्याम्प हाउस)लाई होमस्टेमा परिणत गर्न सकिने विषयमा छलफल भएको हो । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले देश बनाउन जलविद्युत र पर्यटनलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको र यी दुवै विषय जोड्ने विषयमा इप्पानले सहयोग गर्ने बताए । नर्वेले आयोजनाको बिजुली बेचेर भन्दा बढी पर्यटनबाट कमाइरहेकाले नेपालमा पनि विभिन्न नदी करिडोरका आयोजनामा पर्यटन गन्तव्य बनाएर काम गर्न सकिने उनको भनाइ थियो ।  ‘कति ठाउँमा सोलार आयोजना छन्, त्यहाँ रैथाने कृषि गर्न सकिन्छ । जलविद्युत आयोजना बनाउँदा धेरै आवास बनाएका हुन्छौं, आयोजना सकिएपछि सस्तोमा सामान बेच्ने वा नष्ट गर्ने काम भइरहेको छ । हाइड्रो-टुरिजमका लागि मिलेर काम गर्ने हो भने अब त्यसलाई होमस्टेमा परिणत गर्न सकिन्छ,’ उनले भने ।   पूर्वदेखि पश्चिमसम्म सयौं जातजाति, भाषा, धर्मका मानिसहरूसँग जलविद्युत प्रवर्द्धक जोडिएकाले उनीहरूको रैथाने उत्पादन र संस्कृतिलाई बजारीकरण गर्न सकिने कार्कीले बताए । ‘व्यापारी र युवा पलायन रोक्न पनि हामी संगठितरूपले अघि बढ्नै पर्छ । त्यसका लागि अझ बृहत् छलफल गरौं,’ उनले भने । पूर्वराजदूत उदय पाण्डेले आयोजनाको अध्ययन गर्दा नै जलविद्युत-पर्यटनको योजना बनाउन सके नेपालमा पनि यसबाट राम्रो आम्दानी गर्न सकिने बताए । पर्यटन र जलविद्युतमा नेपालमा राम्रो सम्भावना रहेको उनको भनाइ छ । ‘कुलेखानीमा प्लानिङसहित गरेको भए निकै राम्रो टुरिजम डेस्टिनेशन हुन्थ्यो । तर, अब बन्ने आयोजनामा टुरिजमको लागि संरचना डिजाइन गरौं । आयोजनाको गाडी फर्किँदा उनीहरूका उत्पादन बजारसम्म ल्याइदिउँ । स्थानीयसँग आत्मीयता बढ्छ, अवरोध हुने गतिविधि पनि कम हुन्छन् । यसले समग्रमै राम्रो गर्छ,’ उनले भने । रैथानेका अध्यक्ष तिलक ढकालले बिजुलीका लागि मात्र बनाइएको कुलेखानी जलाशययुक्त आयोजना अहिले गतिलो पर्यटकीय गन्तव्य भएको बताए । उनले पर्यटनका हिसाबले योजना बनाए नेपालमा पनि जलविद्युत- पर्यटनबाट निकै राम्रो आम्दानी गर्न सकिने बताए । उनले जलविद्युत-पर्यटनले सबैभन्दा धेरै स्थानीय रैथाने उत्पादनलाई खपत गर्न सक्ने भएकाले इप्पानसँग सहकार्य गर्न चाहेको बताए । ‘हिमालको फेदमा बनेको हाइड्रोपावरको क्याम्पमा बस्दा त्यहीँको लोकल खानेकुरा खान पाइयोस्, चाउचाउ खान नपरोस् । यसका लागि इप्पान र रैथानेबीच सहकार्य गरौं,’ उनले भने । इप्पान देशभरका करीब ५०० ओटा जलविद्युत आयोजनाको प्रतिनिधि संस्था हो । इप्पानसँग आवद्ध १६० भन्दा धेरै विद्युत आयोजनाबाट २ हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ । रैथाने एग्री प्रोडक्टस प्रालि ३ वर्षअघि स्थापना भएको स्थानीय रैथाने कृषि उत्पादनको बजारीकरणमा सघाउने संस्था हो ।  

सम्बन्धित सामग्री

वन मन्त्रालयले सर्वाेच्चको आदेश अवहेलना गर्‍यो: इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वाेच्च अदालतकै आदेशको अवहेलना गरेको दाबी गरेको छ।...

वन मन्त्रालयले सर्वाेच्चको आदेश अवहेलना गर्‍यो: इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वाेच्च अदालतकै आदेशको अवहेलना गरेको दाबी गरेको छ।...

सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अबको १० वर्ष सरकारले विद्युत् प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव दिएको छ।...

सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अबको १० वर्ष सरकारले विद्युत् प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव दिएको छ।...

इप्पान कार्यसमितिलाई परिसंघको स्वागत

नेपाल उद्योग परिसंघले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यलाई मंगलबार स्वागत गरेका हुन् । सो अवसरमा परिसंघ र इप्पानबीच उर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरिएको थियो । […]

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष गर्ग, आनन्द चौधरी, रामप्रसाद आचार्य र महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा विक्रम बिष्ट , भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल र हिमप्रसाद […]

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था(इप्पान)को नयाँ नेतृत्वमा कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको निर्वाचन समितिले उजुरीको आधारमा उम्मेदवारी रद्द गरेसँगै इप्पानको अध्यक्षसहित पदाधिकारी पदका उम्मेदवार निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धी किरण मल्ल लगायतको पदाधिकारीको उम्मेद...

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा प्रकाशचन्द् दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि सुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित महिला सदस्यहरूमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् । २५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश […]

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।...