बीमा समितिको निर्देशनप्रति आपत्ति जनाउँदै इप्पान र महासंघले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघले निर्जीवन बीमा कम्पनीहरूका लागि बीमा समितिले जारी गरेको  निर्देशन तत्काल खारेज गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।   बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुका लागि जारी गरेको मिनिमम प्रिमियम रेट फर नन टारिफ इन्स्योरेन्स बिजनेस निर्देशन तत्काल खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो  ज्ञापनपत्र बुझाउन ईप्पानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिब बलराम खतिवडा, कार्...