नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
आज सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
उनका अनुसार बिहान १० बजे सशक्त विरोध कार्यक्रम गरिने र प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा अवरोध गरिनेछ ।
यसअघि बिहीवार बारको धर्नापछि सभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गर्दा बार महासचिवसहित केही वकिल घाइते भएका थिए ।
प्रहरी हस्तक्षेपको विरोधमा बारले आज सर्वोच्चमा सम्पूर्ण इजलास बहिस्...