अदालत नखुल्दै कानून व्यवसायी बारमा भेला, राणालाई प्रवेशमा रोक लगाउने तयारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको आह्वान अनुसार कानून व्यवसायीहरू नेपाल बार एसोसिएसनको कार्यालयमा भेला भएका छन् । प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग सहितका प्लेकार्ड बोकेर वकिलहरू बारमा भेला भएका हुन् ।  बारले आज इजलास बहिस्कारसहित राणालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय भएको बताएका छन् । सर्वोच्च अदालतमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर...

सम्बन्धित सामग्री

सर्वोच्चको गेटमा २ घण्टा धर्नापछि बारले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा शुक्रवार झण्डै २ घण्टा धर्ना दिएको छ ।  प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । सर्वोच्च परिसरमा बिहीवार भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले आज सर्वोच्चमा इजलास बहिस्कार गरेर धर्ना दिएको थियो । कानून व्यवसायी धर्नामा बसिरहेको समयमा जबरा भने महान्यायाधिवक्ता कार्यालयतर्फको वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका थिए । अदालत नखुल्दै बिहान १० देखि...

सर्वोच्च अदालतको मूल गेटमा कानून व्यवसायीको धर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेको छ। बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन्। उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ। यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ। त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ। त्यहाँ […]

सर्वोच्चको गेटअगाडि प्रधानन्यायाधीश राणाका समर्थक र वकिलहरूबीच झडप

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन सर्वोच्चको गेटमा धर्नामा बसेका कानून व्यवसायी र राणा समर्थक वकिलबीच सर्वोच्चको गेटमा झडप भएको छ । राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै शुक्रवार बार एशोसिएसनको आह्वानमा कानून व्यवसायीहरू धर्नामा बसेका छन् । झडप रोक्न प्रहरीले हस्तक्षेप गरेको छ ।

राणालाई सर्वोच्च प्रवेश गर्न नदिन मूल गेटमै धर्नामा बसे कानून व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन कानून व्यवसायीहरू सर्वोच्चको गेटअगाडि धर्नामा बसेका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारको आह्वानमा कानून व्यवसायीहरू सर्वोच्चको मूल गेट अगाडि धर्नामा बसेका हुन् । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बारको तयारी छ ।

सर्वोच्चका दुवै गेटमा प्रहरीको बाक्लो उपस्थिति, बारबाट सर्वोच्च छिर्ने गेट बन्द

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउने गरी अवरोधको तयारी गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बारबाट सर्वोच्च छिर्ने गेट बन्द गरिएको छ । कानून व्यवसायीहरूलाई सर्वोच्चतर्फ जान नदिन गेट बन्द गरिएको हो । बारले बिहीवार गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आज राणालाई अदालत प्रवेशमा अवरोध गर्ने घोषणा सर्वोच्च बारले गरेको थियो । महान्यायाधिवक्ता क...