नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भोलि सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको जानकारी दिए ।
'हामीले एकदम सभ्य तरिकाले विरोध जनाउँदा खेरी त्यसलाई कमजोरी ठानेर प्रधानन्यायाधीशले जुन हर्कत देखाइरहनुभएको छ, त्यसबाट हामीहरू मर्माहत भएका छौं,' श्रेष्ठले भने, 'भोलि १० बजे हाम्रो सशक्त विरोध कार्यक्रम हुन्छ । उहाँलाई फिजिकल्ली प्रवेशमा अवरोध गर्ने हाम्रो कार्यक्रम रहेको छ ।'...