काठमाडौं : कानून व्यवसायीले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएका छन्। चौतर्फी दबाबका बीच प्रधानन्यायाधीश जबराले राजीनामा दिनुको साटो पेलेर अघि बढ्न खोजेको भन्दै नेपाल बार एसोसियसनले जबरालाई अदालत प्रवेशमै रोक्न लागेको हो। विहान साढे ९ बजे भेला भएर प्रधानन्यायाधीश जबरालाई गेटमा रोक्ने तयारी गरिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। हिजो अदालत परिसरमै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई प्रहरीले धरपकड गर्दा केही का