कान्द्रा नदी वारपार गर्न बनाएको काठेपुल गत साताको बाढीले बगायो । स्थानीयले अहिले डुंगाबाट तारउतार गर्छन् । भजनी नगरपालिकाले स्थानीयको डुंगाबाट आउजाउ गर्न डुंगा सञ्चालनको ठेक्का दिने गरेको छ । स्थानीय भीम विकले चालु वर्षको ठेक्का लिएका छन् । उनी हिउँदमा पानी थोरै हुने भएकोले काठेपुल (साँघु ) हाल्छन् । बर्खामा डुंगा चलाएर वारपार गराउँछन् ।