तमोर नदीको लुबुघाटमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा रहेको जग्गामा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्ष्य गरी उनले पसल र होटेल पनि खोले । पुल निर्माण भएपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको सङ्ख्या झनै बढेर लुबुघाटमा मानवीय गतिविधि बढ्ने र आफ्नो व्यवसायमार्फत आर्थिक कारोबार राम्रो हुने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट लुबुघाट बसाई सरेका बुढा