११ वर्षदेखि अलपत्र रहेको भोर्लेको पक्कि पुल निर्माण यसपालि पनि अधुरै रहेको छ । अनेकन समस्या बीच अड्किएको काम निर्माण व्यवसायीले चालू आर्थिक वर्षभित्र पूरा गर्ने गरी गत मंसिरदेखि काम सुचारु गरे तापनि पुल अधुरै रह्यो ।
विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल १० वर्षदेखि अलपत्र परेको थियो । कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन चैत पहिला सातासम्म काम पूरा हुने गरी जारी रहे तापनि त्यसपछि रोकिएको काम अलपत्र छ । पुलका स्टिलपाताहरू जोडिसकेका छन् ।