कैलालीको भजनी नगरपालिकाको लालबोझी र भजनीलाई जोड्ने कान्द्र्रा नदीमा पुल निर्माणको ठेक्का भएको एघार वर्ष बिते पनि निर्माण पूरा भएको छैन । उक्त पुल निर्माणको काम सम्पन्न नहुँदा यहाँका स्थानीय बर्खामा डुंगामा र हिउँदमा काठेपुल बनाएर नदी तर्न बाध्य छन् ।