११ वर्षदेखि कमला पुल अधुरै : मुख्यमन्त्रीको आश्वासनपछि अनसन तोडियो

तराई–मधेशको लाइफलाइन हुलाकी राजमार्गलाई धनुषा र सिरहासँग जोड्न कमला नदीमा अर्को नयाँ पुल बनाउन माग गर्दै मंगलबारदेखि आमरण अनसनमा बसेका १० जनाले शुक्रबार बिहानदेखि आन्दोलन रोकेका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहसँग बिहीबार अबेर रातीसम्म भएको वार्तामा सहमति जुटेपछि अनसन तोडिएको हो ।