सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै सैनिक महिला

प्यूठानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन्। कारोना सङ्क्रमित भई बिजुवार आइसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका –३ निवासी एक ६६ वर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।

सम्बन्धित सामग्री

तीन झापाली चेलीः कोभिडका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनका सहयात्री

झापा – झापाको बुद्धशान्ति गाउँपालिका ४ की एक किशोरीको कोभिडका कारण मृत्यु भएकाले बुधबार उनको शव व्यवस्थापनको काम गर्नका लागि नेपाल स्काउटको टोली तयार हुँदै थियो। झापामा नेपाल स्काउटले शव व्यवस्थापन गरेको यो २२ औं पटक भएको शव व्यवस्थापनमा खटिएका नेपाल स्काउटका प्रज्वल कडरियाले जानकारी दिए। त्यस्मा पनि महिला स्काउटले सातवटा शव व्यवस्थापन गरिसकेको उनले […]

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै महिला सेना

प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो । आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।

महिला सैनिक खटिए शव व्यवस्थापनमा

काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ ।

कैलालीमा संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक खटिए

धनगढी : कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ।  धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप(सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली शव व्यवस्थापनमा खटाएको हो।  भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए। ‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले भने, ‘आजद...

संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती

भक्तपुरका दुई युवती कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन्। भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन्। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ। हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ। तर कोरोना संक्रमणबाट ...

कोरोनाभाइरस: शव व्यवस्थापनमा खटिएका महिला सैनिक - BBC News नेपाली

कोभिडका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न खटिएका महिला सैनिकहरूका लागि सामाजिक धारणा र मान्यता चिर्न सहज थिएन। कसरी महिला सैनिकले अफ्ठेरो काम सफलतापूर्वक गरे? एक भिडिओ।

यसरी शव व्यवस्थापन गर्छन् महिला सैनिक (फोटो फिचर)

२३ पुस, काठमाडौं । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनाले महिला सैनिकलाई समेत अघि सारेको छ । उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने गरेका …