कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै महिला सेना

प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो । आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।