संक्रमितको शव व्यवस्थापनमा सक्रिय दुई युवती

भक्तपुरका दुई युवती कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन्। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा जुटिरहेका छन्। भक्तपुरकै २४ वर्षीया पुनम कर्माचार्य र २१ वर्षीया जिया जोशी सो कार्यमा खटेका हुन्। कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा लाग्ने उनीहरू देशकै पहिलो महिला रहेको बताइएको छ। हुन त शव व्यवस्थापन गर्न अस्पतालमा चर्चित उद्धारकर्मी अरूण सैंजूको नेतृत्वको आरएनए १६ समूह पहिलादेखि नै सक्रिय छ। तर कोरोना संक्रमणबाट ...

सम्बन्धित सामग्री