कैलालीमा संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक खटिए

धनगढी : कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ।  धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप(सेनानी शशी खड्काको कमाण्डमा ५ जनाको टोली शव व्यवस्थापनमा खटाएको हो।  भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव व्यवस्थापन गर्ने जानकारी दिए। ‘सैनिक महिलाहरुलाई संक्रमितको शव व्यवस्थापनका लागि तालिम दिइरहेका थियौँ,’ प्रमुख सेनानी केसीले भने, ‘आजद...

सम्बन्धित सामग्री

सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै सैनिक महिला

प्यूठानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन महिला सैनिकले गरेका छन्। कारोना सङ्क्रमित भई बिजुवार आइसोलेशनमा उपचारको क्रममा मृत्यु हुनुभएकी प्यूठान नगरपालिका –३ निवासी एक ६६ वर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै महिला सेना

प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो । आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।

महिला सैनिक खटिए शव व्यवस्थापनमा

काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ ।

कोरोनाभाइरस: शव व्यवस्थापनमा खटिएका महिला सैनिक - BBC News नेपाली

कोभिडका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न खटिएका महिला सैनिकहरूका लागि सामाजिक धारणा र मान्यता चिर्न सहज थिएन। कसरी महिला सैनिकले अफ्ठेरो काम सफलतापूर्वक गरे? एक भिडिओ।

यसरी शव व्यवस्थापन गर्छन् महिला सैनिक (फोटो फिचर)

२३ पुस, काठमाडौं । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनाले महिला सैनिकलाई समेत अघि सारेको छ । उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने गरेका …