म्यानमारको सैनिक ‘कू’ बारे नेपाल सरकारले भन्यो- संवैधानिक एवं लोकतान्त्रिक प्रक्रिया पुनः स्थापना हुने विश्वास

नेपाल सरकारले म्यानमारको सेनाले ‘कू’ का सन्दर्भमा सोमबार साँझ आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

म्यानमारको सैनिक 'कू' विरुद्ध नेपालमा प्रदर्शन हुने

काठमाडौं : म्यानमारको सेनाले लोकतन्त्रमाथि गरेको ‘कू’ को विरोधमा वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। ललितपुरको नख्खु उकालोमा  रहेको नेपालस्थित म्यानमार दूतावास नजिक  नागरिक आन्दोलनले आज विहान ११ बजे प्रदर्शन गर्न लागेको हो। १० वर्षे लोकतन्त्रमाथि म्यानमारको सेनाले ‘कू’ गरेर गत फेब्रुअरी १ तारिखमा शासन सत्ता आफ्नो हातमा लिएको छ। सत्ता हातमा लिएको सेनाले त्यसको विरोधमा गर्दा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएर ५० भन्दा बढीको ज्यान लिइसकेक

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

एजेन्सी । म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सेनाको यो कदम केका लागि ? के निर्वाचित सरकारले सत्ता सञ्चालनमा नागरिक सन्तुष्ट थिएनन् कि यो सैनिक शासकहरूको महत्वाकांक्षाका कारण निम्तिएको परिणाम हो ? विश्व समुदायले यसलाई गम्भीरताका साथ अध्ययन गरिरहेको छ ।

म्यानमारको सैनिक ‘कू’ प्रति मसालको भर्त्सना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले म्यान्मारले सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको घटनाप्रति आपत्ति जनाएको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकाशित गरी ‘कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात’ भएको बताउनुभएको छ । वक्तव्यमा त्यहाँका नेताहरुमाथि भएको धरपकड र गिरफ्तारीको निन्दा गर्दै उनीहरुको तुरुन्त रिहाई तथा लोकतन्त्र बहालीका लागि अपिल गरिएको छ । यस्तो छ वक्तव्य जननिर्वाचित सरकार विरूद्ध ‘कू’ गरी शासनसत्ता हातमा लिने म्यानमारको सेनाको कदमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । गत नोभेम्बरमा भएको निर्वाचनमा त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको दलले बहुमत ल्याएको थियो । त्यसरी जनताद्वारा निर्वाचित भएको सरकार र संसदका विरूद्ध ‘कू’ गरेर अहिले कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात हो । ‘कू’ सँगै आङ सान सुची सहित बिभिन्न राजनीतिक कार्यकर्ता तथा नेतामाथि भएको व्यापक गिरफ्तारी र धरपकडको निन्दा गर्दछौँ । हामीले उनीहरू सबैको तुरुन्त रिहाइको माग गर्दै म्यानमारमा लोकतन्त्र बहालीका लागि जोड दिन्छौँ ।

म्यानमारको सैनिक ‘कू’ विरूद्ध काठमाडौंमा नागरिक समाजको प्रदर्शन

म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै सोमबार काठमाडौंमा नागरिक समाजले प्रदर्शन गरेको छ। वृहत नागरिक समाजले माइतीघरमा गरेको विरोध प्रदर्शनमा ‘कू’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनीसमेत दिएको छ।

म्यानमारको सैनिक ‘कू’ बारे बोल्यो नेपाल सरकार, सूकीलाई रिहा गर्न माग

काठमाडौं । नेपाल सरकारले म्यानमारको सेनाले ‘कू’का सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सोबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति गर्दै नेपालले म्यानमारको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ ।विज्ञप्तिमा भनिएको छ, 'हामीलाई आशा छ सम्बन्धित सबै पक्षले म्यानमारको जनताको मतको सम्मान गर्नेछन् र ...

म्यानमार घटनाबारे प्रगतिशील लेखक संघको विरोध

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले म्यानमारमा हालै भएको सैनिक कूको विरोध गरेको छ । प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताषरमा २०७७ माघ १९ गते जारी प्रेसवक्तव्यमा म्यानमार घटनाको विरोध गरिएको हो । म्यानमार प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “म्यानमारमा सैनिक ‘कू’ गरी सङ्कटकाल घोषणा गरिएको अप्रजातान्त्रिक कदमप्रति प्रगतिशील लेखक सङ्घको ध्यानाकर्षण भएको छ । जनताको मतलाई सम्मान गर्दै विश्वव्यापी रूपमा प्रजातान्त्रिक अभ्यासलाई अझ सशक्त पार्दै जानुपर्नेमा म्यानमारमा प्रजातन्त्रको हत्या गर्ने कार्य भएको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेसनल लिग फर डेमाक्रेसीका वरिष्ठ नेताहरूलाई गिरफ्तार गरी सेनाद्वारा सत्ता कब्जा गरिएको छ । प्रजातन्त्रवादी नेत्री सुकीले सेनाको उक्त घटनाको प्रतिरोध गर्न आम जनतासँग आह्वान गरेकी छिन् । अहिले विश्वव्यापी रूपमा म्यानमारको सैनिक ‘कू’ को विरोध गरिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घले पनि सो घटनाको भत्र्सना गर्दछ र म्यानमारको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा विश्वव्यापी रूपमा चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।”