काठमाडौं : म्यानमारको सेनाले लोकतन्त्रमाथि गरेको ‘कू’ को विरोधमा वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। ललितपुरको नख्खु उकालोमा रहेको नेपालस्थित म्यानमार दूतावास नजिक नागरिक आन्दोलनले आज विहान ११ बजे प्रदर्शन गर्न लागेको हो। १० वर्षे लोकतन्त्रमाथि म्यानमारको सेनाले ‘कू’ गरेर गत फेब्रुअरी १ तारिखमा शासन सत्ता आफ्नो हातमा लिएको छ। सत्ता हातमा लिएको सेनाले त्यसको विरोधमा गर्दा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएर ५० भन्दा बढीको ज्यान लिइसकेक