म्यानमारको सैनिक ‘कू’ विरूद्ध काठमाडौंमा नागरिक समाजको प्रदर्शन

म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै सोमबार काठमाडौंमा नागरिक समाजले प्रदर्शन गरेको छ। वृहत नागरिक समाजले माइतीघरमा गरेको विरोध प्रदर्शनमा ‘कू’ फिर्ता लिन म्यानमारको सेनालाई चेतावनीसमेत दिएको छ।

सम्बन्धित सामग्री

म्यानमारको सैनिक 'कू' विरुद्ध नेपालमा प्रदर्शन हुने

काठमाडौं : म्यानमारको सेनाले लोकतन्त्रमाथि गरेको ‘कू’ को विरोधमा वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ। ललितपुरको नख्खु उकालोमा  रहेको नेपालस्थित म्यानमार दूतावास नजिक  नागरिक आन्दोलनले आज विहान ११ बजे प्रदर्शन गर्न लागेको हो। १० वर्षे लोकतन्त्रमाथि म्यानमारको सेनाले ‘कू’ गरेर गत फेब्रुअरी १ तारिखमा शासन सत्ता आफ्नो हातमा लिएको छ। सत्ता हातमा लिएको सेनाले त्यसको विरोधमा गर्दा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएर ५० भन्दा बढीको ज्यान लिइसकेक