धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।
खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ ।
हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौँ जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।
एसिडटीका कारणहरू
खानपानमा अनियममितता
खाना राम्ररी नपच्नु
पर्याप्त पानी नपिउनु
मसला धेर भएको खानेकुरा खानु
तनावग्रस्त हुनु
धूम्रपान
लामो समय भोको...