वर्षाको बेलामा मानिसहरूलाई छाला र कपालमा अनेकथरी समस्या आइलाग्छ । विशेषगरी बच्चाहरूलाई यस्तो समस्याले सताउने गर्छ ।
वातावरणमा आर्द्रता बढ्छ अनि गर्मीका कारण शरीरबाट पसिना छुट्छ । त्यसपछि छालामा ब्याक्टेरिया जन्मन्छन् चिलाउन थाल्छ । त्यसबाट मुक्ति पाउन बजारमा अनेकथरी पाउडर पाइन्छन् तर तपाईंले घरेलु उपचारबाट यसलाई हटाउन सक्नुहुन्छ ।
कागती र बेकिङ सोडा
नुहाउँदाखेरी एउटा कचौरामा दुई चम्चा बेकिङ सोडा र एक चम्चा कागतीपानीको पेस्ट बनाएर छालामा दल्नुस् । अनि १० मिनेटपछि त्यसलाई पखाल्नुस् । तपाईंको छाला चिलाउन छो...