‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता विक भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?
दशैंमा समयमा बिरामीको सेवामा बिताउने बाहेकका खासै योजना यो दशैंमा मेरो छैन। गत वर्षको दशैंमा पनि मेरो इन्टर्नसिप थियो। दशैंको समयमा म मेरो हजुरबुबालाई एकदमै सम्झिरहेको हुन्छु। उहाँ हुँदा हाम्रो परिवारमा दशैंको रौनक नै भिन्नै थियो।
यो २०७९ सालको दशैंको अनुभव हो, बोझले थिचिएको मानसिकतामा दशैंको रौनक पटक्कै छैन । त्यसमाथि बिहानैदेखिको झरीले बजारको शून्यतालाई थप बल पुर्याएको छ । दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए । गाँउघरको दशैं उल्लाहसपूर्ण बन्यो । गाँउमा लिंगे पिङहरु मच्चिए । आफन्त जम्मा भएर रमाइलो गरे । घरघरमा खसीबोका ढले । चरिकोटले त यात्रुले खचाखच […]
कपिलवस्तु (बुद्धभूमि) । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । यी नेटुवा जाति दशकौंदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व बडादशैंको […]
घर भन्दा टाढा रहेर काम गरिरहेका कर्मचारीहरुको एउटै योजना हुन्छ दशैंको बिदामा घरपरिवारसँग रमाइलो गर्ने। त्यही भएर नजिक रहनेभन्दा पनि टाढा रहनेहरुलाई दशैंको रौनक धेरै हुन्छ। तर हिमाली भेगमा काम गर्न पुगेका कर्मचारी, व्यावसायी, कामदारहरुको लागि दशैंको बिदाभन्दा पनि अर्को कठिन काम हो प्लेनको टिकट पाउन।
२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्याको उत्साह घटेको छैन । दशैंको […]
चरिकोट अब त सहर भएको छ । उफ ! धुवाँ, धुलो, असरल्ल सवारी साधन, मानिसको भीड । म रमाउने गरेको चरिकोट अब कहाँ रह्यो र । झन् अहिले त दशैंको रौनक । फूलपातीसम्म त मानिस छलेर हिँड्नै हम्मेहम्मे पर्छ चरिकोटमा । अनि पूर्णेसम्म सुनसान । चरिकोटमा आजकालको भीडभाड देख्दा म ४० वर्षअघिको पाइप गुडाएर हिँड्ने […]