यो २०७९ सालको दशैंको अनुभव हो, बोझले थिचिएको मानसिकतामा दशैंको रौनक पटक्कै छैन । त्यसमाथि बिहानैदेखिको झरीले बजारको शून्यतालाई थप बल पुर्याएको छ । दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए । गाँउघरको दशैं उल्लाहसपूर्ण बन्यो । गाँउमा लिंगे पिङहरु मच्चिए । आफन्त जम्मा भएर रमाइलो गरे । घरघरमा खसीबोका ढले । चरिकोटले त यात्रुले खचाखच […]