बादी समुदाय ११ दिनदेखि संघर्षमा, प्रमुख माग पुरा गर्नै नसक्ने मुख्यमन्त्री शाहीको भनाई, 'कसले उचाल्छन् कुन्नि!'

खेतीयोग्य जमिनको माग गर्दै कर्णालीका बादी समुदाय ११ दिन अघिदेखि संघर्षमा छन्। कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गेट नजिक भोक र निद्रा सहेरै धर्नामा बसिरहेका छन् उनीहरु। विभिन्न जिल्लाबाट सपरिवार झोलीझाम्टा लिएर खुला आकाशमुनी बसिरहेका छन्। आर्थिक, सामाजिक, राजनीतिकलगायतका पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको अल्पसंख्यक यो समुदायको परम्परागत…

सम्बन्धित सामग्री

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

कर्णाली- गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

बादी समुदाय १० दिनदेखि भोकभोकै धर्नामा

आफूहरूको मागप्रति सरकार गम्भीर नभएको बादी समुदायका व्यक्तिले गुनासो गरेका छन् । जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादीहरू १० दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् ।

एक सातादेखि बादी समुदाय धर्नामा

जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादी समुदाय सात दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्नामा बसेका छन् । आफूहरुको मागप्रति बेवास्ता भएको भन्दै उनीहरुले आइतबार मुख्यमन्त्री कार्यालयको गेट तोडफोड गरे ।

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...

कर्णालीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका बादी समुदाय पर्न थाले बिरामी

सुर्खेत : खेतीयोग्य जमिनको माग गर्दै गएको सोमवार साँझदेखि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खुला चौरमा धर्ना दिइरहेका बादी समुदायका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। खुला आकाशमुनि बसेका चार सय बढी नागरिकले रातको चिसो, दिनको गर्मी, समयमा खाना पाउँदैनन् भने दिशापिसा गर्नलाई शौचालयको उचित व्यवस्था समेत छैन। ‘रातको…