काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने सरकारको नेतृत्व लिने बताए ।अहिले मुलुक अन्योलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेकपा नै रहेको उनले बताए । नेता लेखकले अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे।‘सरकार हाम्रो रहर होइन। चाहना पनि होइन