क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन्। भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो।शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। मृतकको संख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन्।स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ।भव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो । सांसद […]
५० बेड क्षमतामा स्तरोन्नतिसहित निर्माणधीन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाबमूलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचनासहितको तस्बिरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध पदर्शन गरेका हुन् ।निर्माणाधीन अस्पताल भवन परिसरमा अनेरास्ववियु […]
८ असार, जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको छ । प्रशासनिक भवनका निम्ति जग्गा खोजी गर्न प्रदेश सरकारले केही दिनअघि गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । […]
नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको ज्यान गएको छ ।
दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ । भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेकाे छैन ।
तीन तले भवन एक्कासी भत्किँदा...
१८ माघ, जनकपुरधाम । नाम र प्रदेशको राजधानी टुंगो लागेपछि मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना बनाउन जग्गा खोजी गरेको छ । प्रदेशको प्रशासनिक भवन, मुख्यमन्त्री र मन्त्रीहरुको निवास, प्रदेश सभा सचिवालय निर्माणका लागि जग्गा खोजी गर्न अध्ययन समिति गठन गरिएको अर्थ मन्त्री शैलेन्द्र साहले बताए । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा विकासमन्त्री […]
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् । शुक्रवार नयाँ वानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो […]
काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन। अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो।
चीनको सुचो शहरमा एक होटलको भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।
उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका नौजनाको खोजी गरिरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् ।
सिजी काइयुआन होटल सोमवार अपराह्न भत्केको थियो । आकस्मिक व्यवस्थापन मन्त्रालयले उद्धारका लागि एक टोली पठाएको छ ।
भवन कसरी भत्कियो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरूको खोजी गरिरहेको तस्वीर सिन्ह्वाले प्रकाशन गरेको छ ।
सिजी काइयुआन सन् २०१८ मा बजेट होटलका रूप...
बीबीसी। अमेरिकाको मायामी सहरमा ४० वर्ष पुरानो १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। बेपत्ताको उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ। भत्केको घर भित्रबाट मानिसहरुको आवाज आइरहेको स्थानीय मिडियाले जनाएका छन्। भवन भत्किनुको कारण भने अहिलेसम्म खुलाइएको छैन। भवन भत्किँदा कति जना मानिस भवनभित्र थिए भन्ने पनि खुलेको छैन।