प्रशासनिक भवन बनाउन मधेश सरकारले रोज्यो जचुकाली प्राङ्गण

८ असार, जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको छ । प्रशासनिक भवनका निम्ति जग्गा खोजी गर्न प्रदेश सरकारले केही दिनअघि गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । […]

सम्बन्धित सामग्री

स्थायी भौतिक संचना निर्माण जुट्यो मधेश सरकार

जनकपुरधाम– मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएसँगै प्रदेश सरकार आफ्नो प्रशासनिक भवनसहितको स्थायी भौतिक संरचना निर्माणमा जुटेको छ । प्रदेश सरकार गठन भएदेखि विगत ४ वर्ष यता जनकपुर चुरोट कारखाना परिसरमा प्रशासनिक भवन कायम गरि सरकारले आफ्नो दैनिक कार्य गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरि त्यसलाई मधेश भवनको […]

आफ्नै स्थायी संरचना निर्माणका लागि जग्गा खाेज्दै मधेश सरकार

जनकपुरधाम – मधेश प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन, आवाससहित मातहत कार्यालय संरचना निर्माण प्रक्रिया अघि बढाएको छ । गएको माघ ३ गते प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतबाट प्रदेशको नामाकरण मधेश प्रदेश र स्थायी राजधानीको रुपमा जनकपुरधाम कायम भएपछि प्रदेश सरकारले मन्त्रालयको प्रशासनिक भवन, आवास र मातहतका कार्यालय …

स्थायी भवन निर्माण गर्न जग्गा खोज्दै मधेश सरकार

जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो । प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन मर्मत सम्भार गरी आफ्ना काम/कारबाही सञ्चालन गर्दै आएको छ भने प्रदेशसभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ ।